भजनसंग्रह 3
3
यो आफ्ना छोरो अब्शालोम देखि भागेर जाँदा दाऊदको भजन हो।
1हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्।
धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
2धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्।
तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”
3तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ।
परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ।
तपाईंले मलाई महान् बनाउनु भयो।
4म परमप्रभुलाई प्रार्थना गर्नेछु
र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।
5म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु।
किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ!
6मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्,
तर म ती शत्रुहरूदेखि डराउने छैन!
7हे परमप्रभु, उठ्नु होस्!
हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!
यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने
तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।
8हे परमप्रभु, विजय तपाईंको हो!
आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहोस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 3: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International