भजनसंग्रह 55
55
प्रमुख संगीतकारलाई: वाद्य वादन सहित गाउने दाऊदको “मस्किल” भन्ने भजन।
1हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्।
कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।
2परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस्,
मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।
3मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे।
त्यो दुष्ट मानिसले मसित चिच्यायो।
मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे।
तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे।
4मेरो हृदय भित्रभित्रै जोडले धड्किरहेको छ।
मलाई मृत्युसित डर लाग्यो।
5म डरले गर्दा र थर-थर कामी रहेकोछु,
म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु।
6ओ हो! ढुकुरको जस्तो पखेंटाहरू भए म उड्ने थिएँ।
अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।
7म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।
8म भागेर बाँच्ने थिएँ।
म दुःखको तूफानबाट भाग्ने थिएँ।
9मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्।
मैले यस शहरमा उपद्रो र झगडा़हरू देखें।
10प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर
अपराध र बर्बरताले भरिपूर्ण भयो।
11त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए।
मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।
12यदि यो शत्रु भएको भएता,
म हेला गरेको पनि सहन सक्थें।
यदि यो मेरो शत्रु भएता
म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।
13तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी।
मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।
14हामी आपसमा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ,
अनि हामी सँगै भीड-भाडमा छिर्दै-छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।
15मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्!
म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्।
किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्।
16म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु,
अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।
17म परमेश्वरसँग बिहान, दिउँसो र बेलुकी कुरा गर्दछु।
मेरो अस्तव्यस्त उहाँलाई बताउँछु।
अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!
18मैले धेरै युद्धहरू लडी सकेको छु।
तर परमेश्वरले मलाई सधैँ बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।
19परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ।
सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।
मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्।
तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।
20मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्।
तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
21मेरा शत्रुहरू वास्तवमा चिप्लो घस्नेहरू हुन्,
तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्।
तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ,
तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।
22तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ
अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ।
परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।
23हे परमेश्वर तपाईंको करार अनुसार,
ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ,
मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 55: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International