YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 13

13
1यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषामा बोलें, तर मसँग प्रेम छैन भने म हल्‍ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ। 2यदि मसँग अगमवाणीको वरदान छ, र परमेश्‍वरका रहस्यहरू र ज्ञानहरूको गहिराइ बुझ्न सके तापनि, र मसँग पहाडहरू हटाउनेसम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ। 3यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई दिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई दिएँ भने म गर्व गर्न सक्छु,#13:3 केही पा.लि.हरूमा यी शब्दहरू पाइँदैन तर मसँग प्रेम छैन भने मेरो लागि केही पनि लाभ हुँदैन।
4प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले शेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। 5प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन। 6प्रेम दुष्‍टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ। 7प्रेमले सधैं रक्षा गर्छ, सधैं भरोसा गर्छ, सधैं आशा राख्छ र सधैं स्थिर रहन्छ।
8प्रेमको अन्त कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ 9किनकि हाम्रो ज्ञान आंशिक र अधूरो छ, अनि हाम्रो अगमवाणी अधूरो हुन्छ। 10तर जब पूर्णता आउँछ, आंशिक कुराहरू हटाइनेछन्। 11जब म बालक थिएँ, म बालकले जस्तो बोल्थें, म बालकले जस्तो सोच्थें, र बालकले जस्तै तर्क गर्थें। तर जब म जवान भएँ, मैले बालकका जस्ता व्यवहार छोडिदिएँ। 12अहिले त हामीले ऐनामा धमिलोसँग देख्छौं, तर त्यस बेला त आमनेसामने देख्नेछौं। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला त पूर्ण रूपले जान्‍नेछु, जसरी अहिले मलाई परमेश्‍वरले पूर्ण रूपले जान्‍नुहुन्छ।
13अनि अब यी तीन कुराहरू रहन्छन्: विश्‍वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।

अहिले सेलेक्ट गरिएको:

1 कोरिन्थी 13: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्