YouVersion लोगो
खोज आइकन

1 शमूएल 3:8-10

1 शमूएल 3:8-10 NCV

तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तब एलीले त्यस केटोलाई याहवेहले बोलाउनुभएको रहेछ भनी थाहा पाए। यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के। याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।”

1 शमूएल 3 पढ्नुहोस्