YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 13

13
अन्तिम चेतावनीहरू
1तिमीहरूसित यो मेरो तेस्रो भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्‍टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।”#13:1 व्यव 19:15 2म तिमीहरूसित दोस्रोपल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्‍याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ। 3ख्रीष्‍ट मद्वारा बोलिरहनुभएको छ भन्‍ने कुरामा तिमीहरूले प्रमाणको माग गरेका हुनाले, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्‍न, तर तिमीहरूका बीचमा शक्‍तिशाली हुनुहुन्छ। 4निश्‍चित होओ कि, उहाँ कमजोरीमा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्‍वरको सामर्थ्यमा जिउनुहुन्छ। यसैगरी हामी उहाँमा कमजोर छौं, र पनि तिमीहरूको सेवा गर्नलाई हामी परमेश्‍वरको शक्‍तिमा उहाँसित जिउँछौं।
5विश्‍वासमा छौं कि छैनौं भनी आफूले आफूलाई जाँच गर; आफूले आफूलाई जाँच। ख्रीष्‍ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने ता तिमीहरू साँचो विश्‍वासको जाँचमा असफल भयौ। 6अनि म विश्‍वास गर्छु, हामी जाँचमा असफल भएनौं भनेर तिमीहरूले जानेछौ। 7अब हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौं, कि तिमीहरूले भूल गर्नेछैनौ। मानिसहरूले हामी जाँचमा खडा रह्‍यौं भनी देखून् भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठीक छ त्यो गर भनेर हो। 8तर हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौं, तर सत्यको पक्षमा मात्र गर्न सक्छौं। 9जब-जब हामी कमजोर हुन्छौ, तिमीहरूचाहिँ बलवान् भएको देखेर हामी खुशी हुन्छौं, अनि हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्‍ने हो। 10त्यसैले म टाढै छँदा नै तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्, जुन अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो।
अन्तिम अभिवादनहरू
11अन्त्यमा, हे दाजुभाइ-दिदीबहिनीहरूहो, आनन्दित हुनुहोस्! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर्नुहोस्, एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ, शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसित हुनुहुनेछ।
12एक-अर्कालाई पवित्र चुम्बनले अभिवादन गर!
13यहाँ भएका सबै परमेश्‍वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
14प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।

अहिले सेलेक्ट गरिएको:

2 कोरिन्थी 13: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्