इजकिएल 2
2
इजकिएलको बोलावट
1उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा,#2:1 हिब्रू वाक्यांश बेन आदमको अर्थ मानिस हुन्छ। मानिसको छोरा वाक्यांशलाई यहाँ र इजकिएलभरि नै प्रयोग गरिएको कारणचाहिँ नयाँ करारको “मानिसको पुत्र” सँग यसको सम्भावित सम्बन्ध हो। आफ्नो खुट्टामा उभी, म तँसित कुरा गर्नेछु।” 2जब परमेश्वर मसँग बोल्नुभयो, तब उहाँको आत्मा मभित्र आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो; अनि उहाँले मसँग कुरा गर्नुभएको मैले सुनेँ।
3उहाँले भन्नुभयो: “हे मानिसको छोरा, म तँलाई इस्राएलीहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जो मेरो विरुद्धमा विद्रोही भएका छन्। तिनीहरू र तिनीहरूका पुर्खाहरूले आजको दिनसम्म नै मेरो विरुद्धमा विद्रोह गर्दैआएका छन्। 4म तँलाई ती मानिसहरूकहाँ पठाउँदैछु, जो कठोर र हठी छन्। तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ।’ 5अनि तिनीहरूले चाहे सुनून् चाहे नसुनून्—किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्—तर पनि तिनीहरूका बीचमा एक जना अगमवक्ता छ भनेर तिनीहरूले थाहा पाउनेछन्। 6अनि तँ हे मानिसको छोरा, तिनीहरू अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा वरिपरि सिउँडी काँडा र अरू काँडाहरू भए तापनि र तँ बिच्छीहरूको बीचमा बसे तापनि नडरा। तिनीहरू विद्रोही भए तापनि तिनीहरूका कुराहरूदेखि नडरा अथवा तीबाट त्रसित नहो। 7तिनीहरूले चाहे सुनून् वा नसुनून्, तैँले मेरा वचनहरू भन्नू; किनकि तिनीहरू विद्रोही छन्। 8तर हे मानिसको छोरा, म तँलाई के भन्दैछु, त्यो तैँले सुन्। ती विद्रोही मानिसहरूजस्तै तँ विद्रोही नहो; आफ्नो मुख खोल्, र मैले तँलाई दिएको कुरा खा।”
9तब मैले हेरेँ, र एउटा हात मतिर पसारिएको मैले देखेँ। हातमा एउटा मुट्ठो#2:9 अर्थ किताब थियो, 10जुन मुट्ठो उहाँले मेरो अगाडि खोल्नुभयो। त्यसका दुवैतिर विलाप, शोक र दुःखका कुरा लेखिएका थिए।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.