उत्पत्ति 3:21-24

उत्पत्ति 3:21-24 NCV

याहवेह परमेश्‍वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्‍याइदिनुभयो। अनि याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस अब हामीजस्तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब उसो त्यसले आफ्नो हात बढाउन नपाओस् र जीवनको रूखबाट टिपेर पनि नखाओस्, र अनन्तसम्म बाँच्न नपाओस्।” यसकारण जुन भूमिबाट तिनी बनाइएका थिए, त्यसैको खनजोत गरोस् भनेर याहवेह परमेश्‍वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। उहाँले मानिसलाई धपाइदिनुभएपछि, अदनको बगैँचाको पूर्वपट्टि जीवनको रूखमा जाने बाटोको रक्षा गर्नलाई करूबहरू अनि चारैतिर चम्किरहने ज्वालामय तरवार राखिदिनुभयो।

उत्पत्ति 3 पढ्नुहोस्