तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए। दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।” येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।” उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।” यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए। येशूले सेवकहरूलाई भन्नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।” तिनीहरूले त्यसै गरे। जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए, र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।” येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
यूहन्ना 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 2:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू