मत्ती 24:30-31
मत्ती 24:30-31 NCV
“त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्। अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को आवाजसित पठाउनेछ। अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।

