बाइबल एप लोगो
खोज आइकन

मत्ती 24:30-31 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 24:30-31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌। उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।

शेयर गर्नुहोस्
मत्ती 24 NNRV

मत्ती 24:30-31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि आकाशमा मानव पुत्र आउने चिन्‍ह देखापर्नेछ। मानव पुत्रलाई ठूलो शक्ति र महामहिमाको साथ आकाशको बादलमा आइरहेको देखेर संसारका सबै जातिहरू रुने-कराउने गर्नेछन्। तुरही फुकिनेछ अनि मानव पुत्रले स्‍वर्गदूतहरूलाई पृथ्‍वी र आकाशका चारै कुनामा पठाउनेछन् र परमेश्‍वरले चुनेकाहरूलाई जम्‍मा गरेर ल्‍याउनेछन्।

शेयर गर्नुहोस्
मत्ती 24 सरल नेपाली

मत्ती 24:30-31 NERV (पवित्र बाइबल)

“त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्। चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 NERV

मत्ती 24:30-31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्। अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को आवाजसित पठाउनेछ। अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।

शेयर गर्नुहोस्
मत्ती 24 NCV