तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर तिमीहरूका गुप्तमा हुनुहुने पितालाई प्रार्थना गर; तब गुप्त रूपमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई खुल्लमखुल्ला प्रतिफल दिनुहुनेछ। अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्। तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्ने कुरा तिमीहरूका पिताले जान्नुहुन्छ।
मत्ती 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 6:6-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू