भजनसंग्रह 110
110
भजन 110
दावीदको भजन।
1याहवेहले मेरा प्रभुलाई भन्नुहुन्छ:
“जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ,
तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।”
2याहवेहले सियोनबाट यसो भन्दै आफ्नो महान् पराक्रमको राजदण्ड विस्तार गर्नुहुनेछ,
“आफ्ना शत्रुहरूका बीच तपाईंले राज्य गर्नुहुनेछ!”
3तपाईंका युद्धको दिनमा
तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्।
पवित्रताको वैभवमा सुशोभित भई,
तपाईंका जवानहरू
बिहानीको गर्भबाट#110:3 मूल भाषामा यस खण्डको अर्थ अनिश्चित छ निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्।
4याहवेहले शपथ खानुभएको छ,
र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन:
“तिमी सदासर्वदाको निम्ति,
मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।”
5प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ;
उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ।
6उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ;
अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ।
7उहाँले बाटो छेउको खोलाबाट#110:7 मूल भाषामा यस खण्डको अर्थ अनिश्चित छ पानी पिउनुहुनेछ;
यसरी उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 110: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.