भजनसंग्रह 16
16
भजन 16
दावीदको मिक्ताम।#16:0 शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द
1हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्;
किनकि मैले तपाईंमा शरण लिएको छु।
2मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ;
तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”
3पृथ्वीमा भएका भक्तजनहरू#16:3 मूल भाषामा पवित्र जनहरू चाहिँ,
“तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।”
4अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ।
म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ।
न त तिनीहरूका नाम मेरो ओठले उच्चारण गर्नेछ।
5हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ;
तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ।
6सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्;
साँच्चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु।
7यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ;
रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।
8म मेरो आँखा सधैँ याहवेहमा राख्दछु,
उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
9यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ;
मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।
10किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन;
न त तपाईंले आफ्ना पवित्र#16:10 अथवा विश्वासयोग्य जनको शरीर कुहुन दिनुहुनेछ।
11जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।
तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 16: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.