भजनसंग्रह 19
19
भजन 19
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ;
अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।
2हरेक दिनले अर्को दिनसँग परमेश्वरको महिमाको चर्चा गर्दछ;
हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।
3तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्;
तिनीहरूबाट कुनै सोर सुनिँदैन।
4तरै पनि तिनीहरूका सोर#19:4 मूल भाषामा नाप्ने रेखा सारा पृथ्वीभरि पुग्दछ;
तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्।
परमेश्वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।
5जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ,
दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।
6त्यो आकाशको एक कुनाबाट उदाउँछ,
र अर्को कुनासम्म चक्कर लगाउँछ;
त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।
7याहवेहका व्यवस्थाहरू सिद्ध छन्,
प्राणलाई ताजा गराउने,
याहवेहका कानुनहरू विश्वासयोग्य छन्;
सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।
8याहवेहका नियमहरू ठिक छन्,
हृदयलाई आनन्दित गराउने,
याहवेहका आज्ञाहरू उज्ज्वल छन्,
आँखालाई ज्योति दिने।
9याहवेहको भय स्वच्छ छ,
अनन्तकाल सम्मै स्थिर रहिरहने;
याहवेहका उर्दीहरू अटल छन्,
ती सबै धार्मिक सत्य छन्।
10ती सुनभन्दा पनि ज्यादै बहुमूल्य,
निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्;
ती महभन्दा मिठा,
चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।
11तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ;
ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।
12तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्?
मेरा गुप्त दोषहरू क्षमा गरिदिनुहोस्!
13आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्;
ममाथि ती प्रभुत्व हुन नपाओस्;
अनि म दोषरहित
र घोर अपराधहरूबाट निर्दोष हुनेछु।
14हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक!
मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान
तपाईंका दृष्टिमा ग्रहणयोग्य हुन सकून्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 19: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.