भजनसंग्रह 95
95
भजन 95
1आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ;
हाम्रा मुक्तिका चट्टानको निम्ति उच्च सोरले जयजयकार गरौँ!
2धन्यवाद चढाउँदै उहाँको सामु आऔँ,
भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
3किनकि याहवेह महान् परमेश्वर हुनुहुन्छ,
सबै देवहरूमाथि महान् राजा।
4पृथ्वीका गहिराइहरू उहाँको हातमा छ;
र पर्वतका चुचुराहरू उहाँकै हुन्।
5समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो,
र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।
6आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ;
याहवेह हाम्रा सृष्टिकर्ताको अगि घुँडा टेकौँ;
7किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ;
अनि हामी उहाँको खर्कका प्रजा र
उहाँको रेख-देखमा रहेको बगाल हौँ।
यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
8“तिमीहरूले मेरीबामा#95:8 जसको अर्थ हो झगडा गरेजस्तो आफ्नो हृदय कठोर नपार;
जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा#95:8 जसको अर्थ हो परीक्षा गर्नु गरेका थियौ,
9जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे;
तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए।
10चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ,
र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्,
र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’
11यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ,
‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।’ ”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 95: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.