१ राजाहरू 2:2-4
१ राजाहरू 2:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ, र परमप्रभु आफ्ना परमेश्वरतिरको आफ्नो कर्तव्य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्यवस्थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्छौ, त्यसमा तिम्रो उन्नति होस्, र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्: ‘यदि तेरा सन्तानले आफू कसरी रहनुपर्छ भनी ध्यान गरे र यदि तिनीहरू आफ्ना पूरा हृदय र प्राणले मेरो दृष्टिमा विश्वासपूर्वक हिँड़े भने, इस्राएलको सिंहासनमा विराजमान हुनलाई तँलाई उत्तराधिकारीको कहिल्यै अभाव हुनेछैन’।
१ राजाहरू 2:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले यसो भने, “म संसारको नियमअनुसार जान लागिरहेको छु। यसकारण तँ बलियो हुनू, र आफैँलाई पुरुषार्थी बनाउनू। याहवेह तेरा परमेश्वरले चाहनुभएका सबै कुरा पालन गर्नू: उहाँमा आज्ञाकारी हुनू, र मोशाको व्यवस्थामा लेखिएझैँ, उहाँका सबै उर्दीहरू र आदेशहरू, उहाँका नियमहरू अनि विधिहरू पालन गर्नू; ताकि तैँले जे गर्छस्, र तँ जहाँ जान्छस्, त्यहाँ तेरो उन्नति होस्। तब याहवेहले ‘तेरा सन्तानहरू होसियारीसाथ हिँडे भने र मेरो सामु आफ्ना सारा हृदय र प्राणले विश्वासयोग्य भएर हिँडे भने तँलाई इस्राएलको सिंहासनमाथि बस्ने मानिसको अभाव हुनेछैन’ भनी मसित गर्नुभएको प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।
१ राजाहरू 2:2-4 पवित्र बाइबल (NERV)
“सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस। अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्। यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।’”
१ राजाहरू 2:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मेरो मर्ने बेला भयो। भरोसा राख र सङ्कल्प गर र परमप्रभु तिम्रा परमेश्वरले जे आज्ञा गर्नुहुन्छ, ती मान। मोशाका व्यवस्थामा लेखिएका सबै उहाँका नियम र आज्ञाहरू पालन गर र तिमी जहाँ गए पनि तिमीले जे कुरामा हात हाल्नेछौ, त्यसमा तिम्रो फलिफाप हुनेछ। तिमीले उहाँका आज्ञाहरू पालन गर्यौ भने मेरो सन्तानले सावधान भई उहाँका आज्ञाहरू आफ्ना पूरा हृदय र मनले विश्वाससित जबसम्म पालन गर्लान्, तबसम्म तिनीहरूले इस्राएलमा राज्य गर्नेछन् भनी परमप्रभुले मलाई दिनुभएको प्रतिज्ञा उहाँले कायम राख्नुहुनेछ।