१ पत्रुस 4:1-2
१ पत्रुस 4:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी ख्रीष्टले शरीरमा दुःख भोग्नुभयो, त्यसरी नै तिमीहरूले पनि त्यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्यसले पाप गर्न छोड़ेको हुन्छ। यसरी त्यसले आफ्नो जीवनको रहल समय फेरि मानिसको कुइच्छामा होइन, तर परमेश्वरको इच्छामा बिताउँछ।
१ पत्रुस 4:1-2 नेपाली समकालीन संस्करण (NCV)
यसकारण ख्रीष्टले आफ्नो शरीरमा दुःख भोग्नुभएकोले, तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ; फलस्वरूप, त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ।
१ पत्रुस 4:1-2 पवित्र बाइबल (NERV)
जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरूले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ। तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरूको विचार अनुसार होइन।
१ पत्रुस 4:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी ख्रीष्टले शरीरमा दु:ख भोग्नुभएकोले तिमीहरू पनि उहाँको जस्तै विचार लिएर बलियो बन किनभने शरीरमा दु:ख भोग्ने नै पापबाट अलग्ग रहन्छ। अबदेखि यस शरीरमा बाँचुञ्जेल मान्छेले गर्ने चाहनामा होइन, तर परमेश्वरको इच्छामा जीवन बिताओ।