२ पत्रुस 1:3-4
२ पत्रुस 1:3-4 पवित्र बाइबल (NERV)
येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरू छन्, किनभने हामी उनलाई जान्दछौं। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ।
२ पत्रुस 1:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ।
२ पत्रुस 1:3-4 नेपाली समकालीन संस्करण (NCV)
उहाँको ईश्वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रा जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ। जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ, यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्वरीय स्वभावमा सहभागी बन, र दुष्ट इच्छाहरूले ल्याउने संसारको भ्रष्टचारदेखि भाग्नसक्छौ।
२ पत्रुस 1:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पवित्र जीवन जिउनलाई चाहिएका सबै कुरा परमेश्वरको शक्तिबाट नै पाएका छौ किनभने आफ्नो महिमा र भलाइद्वारा बोलाउनुहुने परमेश्वरलाई हामीले चिनेका छौं। यसरी नै उहाँले प्रतिज्ञा गर्नुभएको ठूलो र अनमोल वरदान हामीलाई दिनुभयो। यसको कारणचाहिँ यस वरदानद्वारा तिमीहरू यस संसारमा भएको नाश गर्ने कुइच्छाबाट जोगिएर ईश्वरीय स्वभावको सहभागी होओ भनेर हो।