YouVersion लोगो
खोज आइकन

प्रेरित 10:9-23

प्रेरित 10:9-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भोलिपल्‍ट तिनीहरू आफ्‍नो यात्रामा त्‍यस सहरको नजिक आइपुग्‍दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्‍ले। तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्‍यान-मग्‍न भए। तिनले स्‍वर्ग उघ्रेको र त्‍यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्‍तो केही पृथ्‍वीतिर झरिरहेको देखे। त्‍यस तन्‍नामा पृथ्‍वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए। तब तिनले एउटा आवाज सुने, “ए पत्रुस उठ, र मारेर खाऊ।” तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्‍यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।” त्‍यो आवाज फेरि दोस्रो पल्‍ट तिनले सुने, “परमेश्‍वरले जे शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नठान।” तीन पल्‍टसम्‍म यस्‍तो भयो, र तुरुन्‍तै त्‍यो तन्‍ना स्‍वर्गतिर लगियो। जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्‍योलमा परेका थिए, त्‍यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्‍दै ढोका अगाडि खड़ा भए, “पत्रुस भनिने सिमोन यहाँ बसेका छन्‌ कि?” भनी उच्‍च सोरमा सोधे। जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्‍माले तिनलाई भन्‍नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्‍दैछन्‌। उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।” तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?” तिनीहरूले भने, “एक जना कप्‍तान कर्नेलियस, जो सोझा र परमेश्‍वरसँग डराउने र सारा यहूदी जातिबाट सम्‍मान पाएका व्‍यक्ति हुनुहुन्‍छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्‍देश सुन्‍नू भनी एउटा पवित्र स्‍वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ। तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्‍कार गरे।

शेयर गर्नुहोस्
प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:9-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए। उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए। अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्तो कुनै चीज तल जमिनमा ओरालिएको देखे। यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।” तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।” त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।” अनि तीन पल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो। त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्‍क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे। पत्रुसका नामले चिनिने सिमोन यहीँ घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे। पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्। त्यसैले उठ, र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।” तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?” ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्‍वरको भय मान्‍ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्‍न सकून्।” त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे।

शेयर गर्नुहोस्
प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:9-23 पवित्र बाइबल (NERV)

अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो। पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे। उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो। नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिँड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू। त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।” तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।” तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!” यस्तो घट्ना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो। यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे। यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए। तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?” पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्। उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसँग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।” तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?” ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथ्यो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।” पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे। अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए।

शेयर गर्नुहोस्
प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:9-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

भोलिपल्‍ट दिउँसो बाह्र बजेतिर तिनीहरू योप्‍पा सहरको नजिक आइपुगे। त्‍यति बेला पत्रुस घरको छतमा प्रार्थना गर्न उक्‍ले। प्रार्थना गर्दागर्दै उनलाई भोक लाग्‍यो र खाना तयार भइरहेको बेला पत्रुसले ध्‍यान-मग्‍न भएर एउटा अचम्‍मको कुरा देखे– स्‍वर्ग उघ्रिएको र त्‍यहाँबाट ठूलो तन्‍ना चार कुनामा समातिएर पृथ्‍वीतिर झरिरहेकोजस्‍तो चीज देखे। त्‍यस तन्‍नामा नाना थरीका चारखुट्टे पशुहरू, घस्रने जीवजन्‍तु र आकाशका चरा-चुरुङ्गीहरू थिए। “ए पत्रुस, उठ र यिनीहरूलाई मारेर खाऊ,” भन्‍ने आवाज पत्रुसले सुने। “होइन प्रभु, यस्‍तो कुरा कसरी खान सक्‍छु र! यस्‍ता खान नहुने अशुद्ध कुरा मैले कहिल्‍यै पनि खाएको छैनँ!” भनेर पत्रुसले जवाफ दिए। तर फेरि यस्‍तो आवाज आयो, “परमेश्‍वरले शुद्ध ठहराउनुभएको चीजलाई तिमीले अशुद्ध नठान।” तीनपल्‍टसम्‍म यस्‍तै भइरह्यो। त्‍यसपछि त्‍यो तन्‍ना स्‍वर्गतिर उचालियो। आफूले देखेको यो कुरा नबुझेर पत्रुस अकमक्‍क परे। त्‍यति बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर पुगेर ढोकामा उभिए। तिनीहरूले बोलाउँदै सोधे, “पत्रुस भनिने सिमोन यहाँ हुनुहुन्‍छ कि?” त्‍यतिखेर पत्रुसचाहिँ अझै आफूले देखेको दर्शन बुझ्‍ने कोसिस गरिरहेका थिए। परमेश्‍वरको आत्‍माले तिनलाई भन्‍नुभयो, “सुन, तल तीन जना मानिसहरूले तिमीलाई खोज्‍दै छन्। तल ओर्लेर आनाकानी नगरी तिनीहरूसँगै जाऊ किनभने मैले तिनीहरूलाई पठाएको हुँ।” पत्रुस तल झरे र ती मानिसहरूलाई भने, “तपाईंहरूले खोज्‍नुभएको मानिस मै हुँ। तपाईंहरू कति कामले आउनुभयो?” तिनीहरूले भने, “कप्‍तान कर्नेलियसले हामीलाई पठाउनुभएको हो। उहाँ असल र परमेश्‍वरको डर मान्‍ने मानिस हुनुहुन्‍छ। उहाँलाई यहूदी जातिहरूले पनि आदर गर्छन्। एउटा पवित्र स्‍वर्गदूत उहाँकहाँ देखा परे अनि तपाईंलाई उनको घरमा बोलाएर तपाईंका उपदेश सुन्‍ने आज्ञा स्‍वर्गदूतले दिनुभएको छ।” यो सुनेर पत्रुसले ती मानिसहरूलाई भित्र लगेर स्‍वागत-सत्‍कार गरे। तिनीहरू त्‍यस रात त्‍यहीँ नै बसे। भोलिपल्‍ट पत्रुस र योप्‍पामा भएका प्रभुमा विश्‍वास गर्ने केही दाजुभाइहरू ती मानिसहरूसँगै गए।

शेयर गर्नुहोस्
प्रेरित 10 पढ्नुहोस्