भोलिपल्ट दिउँसो बाह्र बजेतिर तिनीहरू योप्पा सहरको नजिक आइपुगे। त्यति बेला पत्रुस घरको छतमा प्रार्थना गर्न उक्ले। प्रार्थना गर्दागर्दै उनलाई भोक लाग्यो र खाना तयार भइरहेको बेला पत्रुसले ध्यान-मग्न भएर एउटा अचम्मको कुरा देखे– स्वर्ग उघ्रिएको र त्यहाँबाट ठूलो तन्ना चार कुनामा समातिएर पृथ्वीतिर झरिरहेकोजस्तो चीज देखे। त्यस तन्नामा नाना थरीका चारखुट्टे पशुहरू, घस्रने जीवजन्तु र आकाशका चरा-चुरुङ्गीहरू थिए। “ए पत्रुस, उठ र यिनीहरूलाई मारेर खाऊ,” भन्ने आवाज पत्रुसले सुने। “होइन प्रभु, यस्तो कुरा कसरी खान सक्छु र! यस्ता खान नहुने अशुद्ध कुरा मैले कहिल्यै पनि खाएको छैनँ!” भनेर पत्रुसले जवाफ दिए। तर फेरि यस्तो आवाज आयो, “परमेश्वरले शुद्ध ठहराउनुभएको चीजलाई तिमीले अशुद्ध नठान।” तीनपल्टसम्म यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना स्वर्गतिर उचालियो। आफूले देखेको यो कुरा नबुझेर पत्रुस अकमक्क परे। त्यति बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर पुगेर ढोकामा उभिए। तिनीहरूले बोलाउँदै सोधे, “पत्रुस भनिने सिमोन यहाँ हुनुहुन्छ कि?” त्यतिखेर पत्रुसचाहिँ अझै आफूले देखेको दर्शन बुझ्ने कोसिस गरिरहेका थिए। परमेश्वरको आत्माले तिनलाई भन्नुभयो, “सुन, तल तीन जना मानिसहरूले तिमीलाई खोज्दै छन्। तल ओर्लेर आनाकानी नगरी तिनीहरूसँगै जाऊ किनभने मैले तिनीहरूलाई पठाएको हुँ।” पत्रुस तल झरे र ती मानिसहरूलाई भने, “तपाईंहरूले खोज्नुभएको मानिस मै हुँ। तपाईंहरू कति कामले आउनुभयो?” तिनीहरूले भने, “कप्तान कर्नेलियसले हामीलाई पठाउनुभएको हो। उहाँ असल र परमेश्वरको डर मान्ने मानिस हुनुहुन्छ। उहाँलाई यहूदी जातिहरूले पनि आदर गर्छन्। एउटा पवित्र स्वर्गदूत उहाँकहाँ देखा परे अनि तपाईंलाई उनको घरमा बोलाएर तपाईंका उपदेश सुन्ने आज्ञा स्वर्गदूतले दिनुभएको छ।” यो सुनेर पत्रुसले ती मानिसहरूलाई भित्र लगेर स्वागत-सत्कार गरे। तिनीहरू त्यस रात त्यहीँ नै बसे। भोलिपल्ट पत्रुस र योप्पामा भएका प्रभुमा विश्वास गर्ने केही दाजुभाइहरू ती मानिसहरूसँगै गए।
प्रेरित 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 10:9-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू