YouVersion लोगो
खोज आइकन

प्रेरित 10:9-23

प्रेरित 10:9-23 NNRV

भोलिपल्‍ट तिनीहरू आफ्‍नो यात्रामा त्‍यस सहरको नजिक आइपुग्‍दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्‍ले। तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्‍यान-मग्‍न भए। तिनले स्‍वर्ग उघ्रेको र त्‍यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्‍तो केही पृथ्‍वीतिर झरिरहेको देखे। त्‍यस तन्‍नामा पृथ्‍वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए। तब तिनले एउटा आवाज सुने, “ए पत्रुस उठ, र मारेर खाऊ।” तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्‍यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।” त्‍यो आवाज फेरि दोस्रो पल्‍ट तिनले सुने, “परमेश्‍वरले जे शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नठान।” तीन पल्‍टसम्‍म यस्‍तो भयो, र तुरुन्‍तै त्‍यो तन्‍ना स्‍वर्गतिर लगियो। जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्‍योलमा परेका थिए, त्‍यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्‍दै ढोका अगाडि खड़ा भए, “पत्रुस भनिने सिमोन यहाँ बसेका छन्‌ कि?” भनी उच्‍च सोरमा सोधे। जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्‍माले तिनलाई भन्‍नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्‍दैछन्‌। उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।” तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?” तिनीहरूले भने, “एक जना कप्‍तान कर्नेलियस, जो सोझा र परमेश्‍वरसँग डराउने र सारा यहूदी जातिबाट सम्‍मान पाएका व्‍यक्ति हुनुहुन्‍छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्‍देश सुन्‍नू भनी एउटा पवित्र स्‍वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ। तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्‍कार गरे।