उपदेशक 12:1-2
उपदेशक 12:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दु:खको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नेछौ, “यस समयमा मेरो मन लाग्दैन,” ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर— सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै
उपदेशक 12:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नो युवाअवस्थामा नै आफ्नो सृष्टिकर्तालाई सम्झ! दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै, “यस समयमा मेरो मन लाग्दैन” भन्ने वर्षहरू आउनुभन्दा अगि नै— सूर्य र प्रकाश, चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि, वर्षापछि बादल फर्कनुभन्दा अगि नै
उपदेशक 12:1-2 पवित्र बाइबल (NERV)
सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि, “मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्। सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अँध्यारो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ।
उपदेशक 12:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण युवा छँदै “जीवनमा मलाई केही आनन्द छैन,” भन्नुपर्ने उदासी दिन र वर्षहरू तिम्रा जीवनमा आउनुअघि नै आफ्ना सृष्टिकर्ताको सम्झना गर। त्यस बेला घाम, जून र ताराको प्रकाश तिमीलाई धमिलो लाग्नेछ र वर्षा ल्याउने बादल कहिल्यै हट्नेछैन।