इजकिएल 37:1-2
इजकिएल 37:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको हात ममाथि पर्यो, अनि उहाँले मलाई परमप्रभुका आत्माद्वारा ल्याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्नुभयो। उहाँले मलाई ती हाड़हरू भरिएको बीचमा तल-माथि लानुभयो, र मैले त्यस बेँसीको जमिनमा थुप्रै हाड़हरू देखें। ती हाड़हरू असाध्य सुकेका थिए।
इजकिएल 37:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको हात ममाथि थियो; अनि उहाँले मलाई याहवेहको आत्माद्वारा बाहिर ल्याउनुभयो। मलाई एउटा बेँसीको बीचमा राख्नुभयो, जुन बेँसी हड्डी नै हड्डीले भरिएको थियो। उहाँले मलाई ती हड्डीहरूको बीचबाट अगि र पछि डोर्याउनुभयो; अनि मैले बेँसीको जमिनमा धेरै हड्डीहरू देखेँ; ती हड्डीहरू असाध्यै सुकेका थिए।
इजकिएल 37:1-2 पवित्र बाइबल (NERV)
परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो। बेंसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखें हाडहरू साह्रै सुकेका थिए।
इजकिएल 37:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको हात ममाथि भएको मैले थाहा गरें र उहाँको आत्माले मलाई लगेर कुनै एक बेसीमा पुर्याउनुभयो, जहाँ सबै जमिन हाडै-हाडले भरिएको थियो। उहाँले मलाई बेसीका चारैपट्टि डोर्याउनुभयो। त्यहाँ मैले असाध्यै सुकेका हाडहरूको थुप्रो देखें।