इजकिएल 4:9
इजकिएल 4:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँड़ामा हालेर तेरो लागि रोटी पका। जति दिनसम्म तँ कोल्टे परेर रहन्छस्, त्यति दिनसम्म, अर्थात् तीन सय नब्बे दिनसम्म तैंले त्यो खानू।
शेयर गर्नुहोस्
इजकिएल 4 पढ्नुहोस्इजकिएल 4:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गहुँ, जौ, सिमी, दाल, कोदो र कठिया जम्मा गर्; ती एउटा भाँडामा हालेर राख्, र त्यो आफ्नै लागि रोटी बनाउने काममा प्रयोग गर्। तँ तीन सय नब्बे दिनसम्म कोल्टे परेर सुतेको समयमा तैँले त्यो खानू।
शेयर गर्नुहोस्
इजकिएल 4 पढ्नुहोस्इजकिएल 4:9 पवित्र बाइबल (NERV)
परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहुँ, जौं, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ।
शेयर गर्नुहोस्
इजकिएल 4 पढ्नुहोस्