इजकिएल 9:3-4
इजकिएल 9:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब इस्राएलका परमेश्वरको महिमाचाहिँ करूबहरूदेखि मास्तिर हटेर मन्दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्यो सूती कपड़ा लाउने र मसीदानी भिर्ने मानिसलाई आफ्नो छेउमा बोलाउनुभयो, र त्यसलाई भन्नुभयो, “यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्ह लगा।”
इजकिएल 9:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब इस्राएलका परमेश्वरको महिमा भएको ठाउँ करूबहरूदेखि माथि उठ्यो र मन्दिरको सँघारमा पुग्यो। त्यसपछि याहवेहले सुती कपडा लगाउने र कम्मरमा लेख्ने सामग्रीको थैलो बोकेका मानिसलाई आफ्नो नजिक बोलाउनुभयो, र तिनलाई भन्नुभयो, “यरूशलेम सहरको चारैतिर जा, र त्यसमा गरिएका घिनलाग्दा कामहरूका निम्ति दुःखी हुने र विलाप गर्ने सबैको निधारमा एउटा चिन्ह लगाइदे।”
इजकिएल 9:3-4 पवित्र बाइबल (NERV)
तब इस्राएलका परमेश्वरको महिमा करूब स्वर्गदूतहरू कहाँ गयो जहाँ उहाँ हुनुहुन्थ्यो। तब महिमा मन्दिरको ढोकामा गयो। जब त्यो सङ्घारमा उभियो तब महिमाले जसले सूतीको लुगा लगाएर लेखेको लेख्ने साधानहरू लिएको थियो त्यस मानिसलाई बोलायो। तब परमप्रभुले उसलाई भन्नुभयो, “यरूशलेम शहरबाट भएर जाऊ। त्यो शहरमा मानिसहरू तिनीहरूप्रति गरिएको डरलाग्दो चीजहरूको विषयमा दु:खी छन् अनि आपतमा छन्, तिनीहरू प्रत्येकको निधारमा एउटा चिन्ह लगाई देऊ।”
इजकिएल 9:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब इस्राएलका परमेश्वरको महिमा, जोचाहिँ पखेटा भएका जीवित प्राणीहरूको मास्तिर थियो, त्यहाँबाट माथि उठ्यो र मन्दिरको प्रवेश-द्वारमा सर्यो। परमप्रभुले लेख्ने सामान बोकेको मिहिन सुतीको पोशाक लाउने मानिसलाई बोलाएर भन्नुभयो, “यरूशलेम सहरको चारैतिर जा र यस सहरमा भइरहेका घिनलाग्दा कुराहरूको कारणले गर्दा शोक र विलाप गर्नेहरूका निधार-निधारमा एक-एक वटा चिनो लाइदे।”