गलाती 6:3-5
गलाती 6:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ। प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ। किनभने हरेकले आफ्नो भार आफै उठाउनुपर्छ।
गलाती 6:3-5 नेपाली समकालीन संस्करण (NCV)
यदि जसकसैले आफू केही नभए तापनि केही हौं भनी सोच्दछ भने तिनीहरूले आफूलाई धोका दिन्छन्। तिनीहरू सबैले आफ्नो कामको जाँच गर्नुपर्छ। तब तिनीहरूले आफूलाई अरू कसैसँग तुलना नगरीकन आफैमा गर्व गर्न सक्छन्। किनकि हरेक आफ्नो कार्यको आफै जिम्मेवार हुन्छ।
गलाती 6:3-5 पवित्र बाइबल (NERV)
यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ। प्रत्येक आफ्नो अभिभारा आफैं स्वीकार गरोस्।
गलाती 6:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यदि कसैले आफूलाई केही हुँ भन्ने सम्झन्छ तर आफू केही होइन भने उसले आफैंलाई ठग्दछ। सबैले आ-आफ्नो चालचलनलाई आफैंले जाँचेर हेर्ने गर। राम्रो भए आफूले गरेको कुरामा रमाऊ, तर अरूले भन्दा राम्रो गर्छु भनेरचाहिँ नफुल किनभने सबैले आफ्नो बोझ आफैं बोक्नुपर्छ।