यशैया 46:10-11
यशैया 46:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु। म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु।
यशैया 46:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म अन्तिमका कुराहरू पहिल्यैदेखि नै; र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु। म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ, र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’ पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु; मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्यो म गर्नेछु; मैले जे योजना गरेको छु, त्यो म गर्नेछु।
यशैया 46:10-11 पवित्र बाइबल (NERV)
“शुरूमा मैले जो कुराहरू भनें ती अन्तमा हुनेछन्। धेरै बर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु। अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। ऊ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु।
यशैया 46:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुरुदेखि नै अन्तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु, मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन् र आफ्नो इच्छाअनुसार म सबै कुरा गर्नेछु। मैले एउटा मानिसलाई पूर्वबाट बोलाएको छु, बाजझैँ झम्टेर आउनेछ र मेरो युक्ति पूरा गरिदिँदछ। म बोलेको छु र यो हुन्छ नै।