यशैया 9:1
यशैया 9:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तापनि सङ्कष्ट परेकाहरूका निम्ति नैराश्य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्तालीको देशलाई नम्र तुल्याउनुभयो, तर भविष्यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्यजातिहरूको गालीललाई सम्मानित तुल्याउनुहुनेछ।
यशैया 9:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तरै पनि त्यो सङ्कष्टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ
यशैया 9:1 पवित्र बाइबल (NERV)
पहिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू।
यशैया 9:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो सङ्कष्टको समयबाट भाग्ने कुनै बाटो तिनीहरूको निम्ति हुनेछैन। एक चोटि जबूलून र नप्ताली कुलहरूका देशको अपमान भएको थियो तर भविष्यमा त्यस इलाकाको इज्जत हुनेछ। भूमध्य सागरदेखि पूर्वपट्टि यर्दनपारिका भूमि र गालीलसम्म, जहाँ विदेशीहरू बास गर्दछन्, त्यस देशको आदर गरिनेछ।