लूका 20:46-47
लूका 20:46-47 नेपाली समकालीन संस्करण (NCV)
“व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्, बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, अनि सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्। तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
लूका 20:46-47 पवित्र बाइबल (NERV)
“व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लाम-लामा बस्त्र लगाएर वरिपरि घुम्न चाहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य-मुख्य आसन ओगट्न चाहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्। तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामा-लामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कड़ा दण्ड दिनुहुनेछ।”
लूका 20:46-47 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“धर्म-गुरुहरूबाट होशियार भएर बस। तिनीहरू त देखावटी लुगा लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँ खोज्छन्। तिनीहरूले विधवाको घरबार खोस्छन् र देखाउनको लागि लामा-लामा प्रार्थना गर्छन्। त्यस्ताहरूले ठूलो सजाय पाउनेछन्।”
लूका 20:46-47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“लामो पोशाक पहिरेर यताउति हिँड्ने, र बजारमा अभिवादन खोज्ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउने शास्त्रीहरूदेखि होशियार रहो। तिनीहरूले विधवाहरूका घर हड़प गर्छन्, र लामो देखावटी प्रार्थना गर्छन्। यिनीहरूले नै बढ़ी दण्ड पाउनेछन्।”