मत्ती 20:26-28
मत्ती 20:26-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।”
मत्ती 20:26-28 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ, अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ। यसरी नै मानिसका पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न, अनि धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आएका हुन्।”
मत्ती 20:26-28 पवित्र बाइबल (NERV)
तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ। यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
मत्ती 20:26-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमा त ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैको नोकर हुनुपर्छ। त्यसरी नै म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरैलाई छुटकारा दिन आफ्नै प्राण त्यागिदिन आएको हुँ।”