मत्ती 26:45-46 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 26:45-46 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ। उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।”
मत्ती 26:45-46 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उहाँ चेलाहरू भएको ठाउँमा फर्की आएर भन्नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? सुन, म मानव पुत्र पापी मानिसको हातमा सुम्पिने बेला भइसक्यो। अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।”
मत्ती 26:45-46 NERV (पवित्र बाइबल)
तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ। उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।”
मत्ती 26:45-46 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”