मत्ती 28:19-20
मत्ती 28:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
मत्ती 28:19-20 नेपाली समकालीन संस्करण (NCV)
यसकारण जाओ र सबै संसारमा गएर चेला बनाओ, अनि तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। अनि निश्चय म सधैं, यस युगको अन्त्यसम्मै तिमीहरूसित छु।”
मत्ती 28:19-20 पवित्र बाइबल (NERV)
यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
मत्ती 28:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब तिमीहरू गएर सबै मानिसहरूलाई मेरा चेलाहरू बनाओ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। तिनीहरूलाई मैले आज्ञा गरेका सबै कुराहरू मान्न सिकाओ। अनि हेर, म सधैँभरि, अँ संसारको आखिरी दिनसम्मै तिमीहरूसँगै रहनेछु।”