मत्ती 28:5-6
मत्ती 28:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।
मत्ती 28:5-6 नेपाली समकालीन संस्करण (NCV)
ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। उहाँ यहाँ हुनुहुन्न: उहाँले भन्नुभएझैं उहाँ जीवित हुनुभएको छ। आओ र उहाँलाई राखिएको ठाउँ हेर।
मत्ती 28:5-6 पवित्र बाइबल (NERV)
त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्ड्याएर मारिएको थियो। तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो।
मत्ती 28:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, मलाई थाहा छ, तिमीहरू क्रूसमा मारिनुभएको येशूलाई खोज्न आएका हौ। तर हेर, येशू यहाँ हुनुहुन्न। आफूले भन्नुभएजस्तै उहाँ त मरेकोबाट बिउँतनुभएको छ। आएर प्रभुको लाश राखिएको ठाउँ हेर!