मर्कूस 15:1-5
मर्कूस 15:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बिहान सबेरै मुख्य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्मै सदस्यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्याए। पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” मुख्य पूजाहारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए। त्यसकारण पिलातसले उहाँलाई फेरि सोधे, “के तिमीलाई आफ्नो बारेमा केही भन्नु छैन? हेर त तिनीहरूले तिमीलाई कति धेरै दोष लगाइरहेका छन्।” तर येशूले कुनै उत्तर दिनुभएन। यो देखेर पिलातसलाई अचम्म लाग्यो।
मर्कूस 15:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान हुने बित्तिकै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।” मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्।” तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्म कि पिलातस छक्क परे।
मर्कूस 15:1-5 नेपाली समकालीन संस्करण (NCV)
एकाबिहानै, मुख्य पूजाहारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू अनि सम्पूर्ण महासभा मिलीकन एउटा निष्कर्षमा आइपुगे। अनि तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए। पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भन्नुभएझैं हो।” ती मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए। यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।” तर येशूले कुनै जवाफ दिनुभएन, अनि पिलातस छक्क परे।
मर्कूस 15:1-5 पवित्र बाइबल (NERV)
एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गलोले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए। पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।” मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए। यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?” तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे।