मर्कूस 15:12-14
मर्कूस 15:12-14 नेपाली समकालीन संस्करण (NCV)
पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूको राजा भनेकोलाई चाहिँ म के गरूँ?” तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
मर्कूस 15:12-14 पवित्र बाइबल (NERV)
पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?” मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।” पिलातसले तिनीहरूलाई भने, “किन उसले के त्यस्तो अपराध गरेको छ?” तर मानिसहरू झन् जोर-जोरसँग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्!”
मर्कूस 15:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?” तिनीहरूले कराउँदै भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” पिलातसले सोधे, “यिनले के अपराध गरेका छन्?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।”
मर्कूस 15:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पिलातसले फेरि तिनीहरूलाई सोधे, “त्यसो भए जसलाई तिमीहरू यहूदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ त?” तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।” पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?” तर झन् साह्रो गरी चिच्च्याएर तिनीहरूले भने, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।”