नहेम्याह 6:15-16
नहेम्याह 6:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एलूल महिनाको पच्चीसौँ दिनमा पर्खालको काम सिद्धियो। त्यो बनाउन बाउन्न दिन लाग्यो। जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराएर हतोत्साहित भए, किनकि यो काम परमेश्वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए।
नहेम्याह 6:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी एलुल महिनाको पच्चीसौँ दिनमा, जम्मा बाउन्न दिनमा पर्खालको निर्माण सिद्धियो। जब सारा शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराए र हतोत्साहित भए। किनकि यो काम हाम्रा परमेश्वरको सहायताले गरिएको थियो भन्ने कुरा तिनीहरूले थाहा गरे।
नहेम्याह 6:15-16 पवित्र बाइबल (NERV)
यसरी एलूल महिनाको 25औं दिनमा निमार्ण पूरा भयो। सो बनाउँन 52 दिन लाग्यो। जब हाम्रा सबै शत्रुहरूले सुने अनि हाम्रा वरिपरिका सबै राष्ट्रहरूले देखे तिनीहरूले आफ्ना आत्मा विश्वास गुमाए। यो कार्य हाम्रा परमेश्वरले गर्नु भएको हो भनी तिनीहरूले बुझें।
नहेम्याह 6:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बाउन्न दिनसम्म काम गरेपछि एलूल भनिने महिनाको पच्चीसौं दिनमा पूरा पर्खाल बनिसिद्धिए। छिमेकी देशमा हाम्रा शत्रुहरूले यो कुरा सुने। तिनीहरूले बुझे कि परमेश्वरको मद्दतले यो काम पूरा भएको थियो र तिनीहरूलाई लाज भयो।