प्रकाश 13:11-12
प्रकाश 13:11-12 पवित्र बाइबल (NERV)
त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडा़को पाठाको जस्तो दुइवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो। यो पशु पहिलेको पशु अघि उभिन्छ। अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरूलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो।
प्रकाश 13:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि मैले पृथ्वीबाट निस्किआएको अर्को एउटा जनावर देखें। थुमाका जस्ता त्यसका दुईटा सिङ थिए र त्यसको बोली अजिङ्गरको जस्तो थियो। त्यसले त्यो पहिलो जनावरपट्टिबाट त्यसको ठूलो अधिकार चलायो र त्यो घाउ निको भएको पहिलो जनावरलाई मान-आदर गर्न संसारका सबै मानिसलाई कर लगायो।
प्रकाश 13:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो। त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो।
प्रकाश 13:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले पृथ्वीबाट माथि निस्कँदैगरेको अर्को पशु देखेँ। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले जस्तो बोल्थ्यो। त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो; अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो।