प्रकाश 13:16-17
प्रकाश 13:16-17 पवित्र बाइबल (NERV)
त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो। यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।
प्रकाश 13:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब त्यसले साना र ठूला, धनी र गरीब, कमारा र मुक्त सबैलाई आफ्ना दाहिने हातमा वा आ-आफ्ना निधारमा चिन्ह लाउन लगायो। यो दागचाहिँ त्यो जनावरको नाउँ अथवा त्यसको सङ्ख्या थियो अनि जति जनाले त्यो दाग पाएनन्, उनीहरूले किनबेच गर्न नपाउने भए।
प्रकाश 13:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो।
प्रकाश 13:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू सबैलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लगाउन कर लगायो। त्यो छापचाहिँ त्यस पहिलो पशुको नाम अथवा त्यसको नामको संख्या हो, यो छापबाहेक कसैले पनि किन्न वा बेच्न नपाउने भयो।