YouVersion लोगो
खोज आइकन

प्रकाश 14:9-11

प्रकाश 14:9-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने, त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ। अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।”

शेयर गर्नुहोस्
प्रकाश 14 पढ्नुहोस्

प्रकाश 14:9-11 पवित्र बाइबल (NERV)

तेस्रो स्वर्गदूतले पहिलो दुइ स्वर्गदूतहरूको अनुशरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, “जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ। त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कड़ा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरू अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ। अनि तिनीहरूको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरू जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरूको निम्ति दिन रात आराम रहने छैन।”

शेयर गर्नुहोस्
प्रकाश 14 पढ्नुहोस्

प्रकाश 14:9-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि तेस्रा स्‍वर्गदूत चर्को सोरले यसो भन्‍दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पुज्‍यो र निधार वा हातमा त्‍यसको छाप लियो भने, त्‍यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्‍वर्गदूतहरू र थुमाको सामुन्‍ने आगो र गन्‍धकमा त्‍यसलाई यातना दिइनेछ। तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्‍तिर गइरहनेछ। तिनीहरू यी नै हुन्‌ जसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पूजा गर्छन्, र त्‍यसका नाउँको छाप लिन्‍छन्‌। तिनीहरूले दिनरात कहिल्‍यै पनि आराम पाउनेछैनन्‌।”

शेयर गर्नुहोस्
प्रकाश 14 पढ्नुहोस्

प्रकाश 14:9-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती दुई स्‍वर्गदूतहरूका पछि तेस्रो स्‍वर्गदूतले ठूलो सोरले यसो भन्‍दै कराए, “जतिले जनावरलाई अथवा त्‍यसको मूर्तिलाई मान-आदर गरेर त्‍यसको टीका आफ्‍नो निधारमा वा आफ्‍नो हातमा लिन्‍छन्, उनीहरूलाई परमेश्‍वरले आफ्‍नो क्रोधको कचौराबाट पियाउनुहुनेछ। तिनीहरू पवित्र स्‍वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्‍धकमा पिरोलिनुपर्छ र उनीहरूलाई पिरोल्‍ने आगोको धुवाँ सधैँ उँभोतिर उडेर जानेछ। जतिले त्‍यो जनावर र त्‍यसको मूर्तिलाई मान-आदर गर्छन् र त्‍यसको टीका लाउँछन्, दिन-रात आफ्‍नो सजायबाट विश्राम पाउनेछैनन्।”

शेयर गर्नुहोस्
प्रकाश 14 पढ्नुहोस्