रोमी 8:6-8
रोमी 8:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ। पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
रोमी 8:6-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो। शारीरिक स्वभावद्वारा शासन गरिएको मन परमेश्वरको विरुद्धमा हुन्छ; त्यो परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त हुन नै सक्छ। शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
रोमी 8:6-8 पवित्र बाइबल (NERV)
यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।
रोमी 8:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शारीरिक स्वभावको इच्छाले मानिसलाई मृत्युमा लैजान्छ। तर पवित्र आत्माको इच्छाले उसलाई नयाँ जीवन र शान्तिमा पुर्याउँछ। शारीरिक स्वभावको अधीनमा चल्ने मानिस परमेश्वरको विरोधी हुन्छ किनभने उसले व्यवस्था पालन गरेको हुँदैन र पालन गर्न पनि सक्दैन। शारीरिक स्वभावको अधीनमा रहनेले परमेश्वरलाई खुसी पार्न सक्दैन।