तपाईँको उत्तम लगानी!Sample

"प्रतिफलको निश्चयता!"
आजको संसारमा यो कथनले कतिजनामा चासोहरू बढाउँछ र केहीमा शङ्काहरू पनि। तर त्यहाँ एक सार्वभौमिक नियम छ जुन जीवनको लगभग हरेक पक्षमा लागू हुन्छ: बीउको समय र फसलको नियम, वा अझ सरल रूपमा भन्नुपर्दा, "जे रोपिन्छ त्यसैको कटनी गरिन्छ।"
तपाईँले पहिले बीउ रोप्नुभएन भने तपाईँले फसल काट्न सक्नुहुन्न। तपाईँले पहिलो लगानी नगरेसम्म प्रतिफल प्राप्त गर्न सक्नुहुन्न। जबसम्म तपाईँले खरिद गर्नुहुन्न तपाईँले उत्पादन वा सेवाको फाइदाहरू प्राप्त गर्न सक्नुहुन्न । सन्तुलित आहार र नियमित व्यायाम बिना शारीरिक स्वास्थ्य कायम राख्न सकिँदैन। र यी सबै उदाहरणहरूको साथ, प्राप्त प्रतिफल भने गुणस्तर वा दिइएको रकमको समानुपातिक हुन्छ।
यही व्यवस्था परमेश्वरसँगको हाम्रो सम्बन्धमा पनि लागू हुन्छ। जबसम्म हामीले त्यो फसल उत्पादन गर्ने बीउ रोप्दैनौं तबसम्म हामीले परमेश्वरसँगको तृप्त र आशिषको यात्रा कटनी गर्न सक्दैनौं। सुसमाचार यो हो कि परमेश्वरले राम्रो बीउ हामीलाई सजिलै उपलब्ध गराउनुभएको छ - यसलाई उहाँको वचन, बाइबल भनिन्छ। हाम्रो जीवनमा उदारतापूर्वक परमेश्वरको वचन रोप्नाले हामीलाई त्यो लगानीमा प्रशस्त प्रतिफलको निश्चयता दिन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

एक आशिषित् र प्रचुर प्रतिफलको प्राप्ति सही लगानीबाट सुरु हुन्छ। यदि तपाईँ नयाँ ख्रीष्टियान हुनुहुन्छ भने तपाईँले आफ्नो विश्वासमा परमेश्वरको वचनको नियमित अध्ययनभन्दा ठूलो लगानी गर्न सक्नुहुने छैन। तपाईँलाई हरेक दिन यसलाई पढ्न, बुझ्न र प्रभावकारी रूपमा लागू गर्न मद्दतका लागि यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्डद्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans

तपाईँको जीवनको सबैभन्दा ठूलो निर्णय!

बोलावट

उद्धार

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्

पुनस्थापनालाई रोज्नु

ग्रेसको गान (Anthem of Grace)

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
