YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिकाSample

प्रज्वलितः साहसिक प्रार्थनाको लागि  एउटा सरल निर्देशिका

दिन 3 को 6

प्रार्थनाले हाम्रो विश्वासलाई बढाउँछ

जब हामी संसारमा ठूलो खाँचो र अवसरहरू देख्छौं, तिनलाई अनदेखा गरेर जाने मन हुनसक्छ वा तिनको समाधान गर्न जोडबल लगाउनु पर्छ भन्ने लाग्छ। तर हामी आज्ञाकारतीता र विश्वासमा र "प्रशस्त फसलमा थोरै खेतालाहरू" को चुनौतीको सामना गर्दा येशूले हामीलाई जे गर्न भन्नु भएको छ सो गरेर प्रतिक्रिया दिन चाहन्छौं, जुन पहिला गर्ने भनेको प्रार्थना हो। हामी साहससँग र खुरन्धाररूपमा प्रार्थना गर्छौं कि फसलका प्रभुले उहाँले गर्छु भन्नुभएको कुरा गर्नुनै हुनेछः खेतालाहरू पठाउने। हामीलाई पठाउने।

प्रार्थनाले हाम्रो जीवनहरूमा उहाँको शक्ति, उपस्थिति र प्रबन्धलाई ल्याउँछ।

यो कति अचम्म छ कि हामील यो शब्ध पनि भन्न सक्छौं, "हाम्रो पिता", जस्तो हामी मत्ती ६ः९ मा देख्छौं। परमेश्वर हर प्रकारले पवित्र र सुन्दर हुनुहुन्छ, र पनि उहाँ हाम्रो पिता हुनुहुन्छ, जसले हामीलाई उहाँसँग बातचित गर्नको लागि बोलाउने मात्र नभएर उहाँको अनुग्रहको सिंहासनको नजिक पनि बोलाउनु हुन्छ। (हिब्रू ४ः१६)। परमेश्वरले हामीलाई अनन्तसम्म रहिरहने प्रेमले प्रेम गर्नुहुन्छ — यति धेरै कि उहाँले हाम्रो लागि आफ्नो पुत्र दिनुभयो। (यूहन्ना ३ः१६)।

जब हामी येशूको नाउँमा परमेश्वरसँग प्रार्थना गर्छौं, हामीले कुनै अव्यक्तिगत वा चासो नभएको कुनै लौकिक शक्तिलाई प्रार्थना गरिरहेका छैनौं। उहाँलाई तपाईंको शिरको केशहरूको गन्ती थाह छ। तपाईंले आफ्नो पहिलो साँस लिनु भन्दा अघि उहाँ तपाईंको गन्तव्य थाहा थियो। उहाँले तपाईंलाई चुन्नु भयो र तपाईंलाई अनुमोदन गर्नु भयो। उहाँले त्यति धेरै तपाईंलाई प्रेम गर्नुहुन्छ, र त्यसैले तपाईंले प्रार्थना गर्नुहुँदा उहाँले ध्यानसँग सुन्नुहुन्छ!

जब हामी महान राज्यको फसलको निम्ति प्रार्थना गर्न समर्पित हुन्छौं, संसार र हाम्रो आफ्नै खाँचोहरूको नाम लिँदै, परमेश्वरले हाम्रो आफ्नै विश्वासलाई बढाउनु हुन्छ। उहाँको आत्मा हामीमा काम गर्नुहुन्छ, हामीद्वारा, र हाम्रो लागि जब हामी प्रार्थना गर्छौं, हामीलाई यो सम्झना गराउँछ कि हामी उहाँको अघि आज्ञाकारी निवेदकहरू भन्दा पनि बढ्ताहरू छौं, हामी उहाँमा प्रिय सहकर्मीहरू हौं।

प्रार्थना

"पिता धन्यवाद, किनकी मलाई प्रेम गर्नुभयो र मैले प्रार्थना तपाईंले सुन्नुभयो। सिद्ध शक्ति, समय, र भलाईका साथ जवाफ दिनुभएकोमा धन्यवाद। म तपाईंको अघि ति मेरा परिवार र समुदायलाई ल्याउँदछु जसले तपाईंलाई चिन्दैनन् र तिनीहरूको जीवनमा येशूको बारेमा बताउनको लागि मानिसहरू पठाईदिनुहोस् भनि प्रार्थना गर्दछु। र म प्रार्थना गर्दछु कि तपाईंले मलाई बुद्धि र साहस दिएर तपाईंले चाहनुभएको कुनैपनि ठाउँमा मलाई प्रार्थना गर्नको लागि वा तपाईंको कार्यको विषयमा बताउनको लागि पठाउनुहोस्। आमेन।"

Day 2Day 4

यस योजनाको बारेमा

प्रज्वलितः साहसिक प्रार्थनाको लागि  एउटा सरल निर्देशिका

प्रार्थना एउटा उपहार हो, हाम्रो स्वर्गीय पितासँग सम्बन्धमा हुने कस्तो अतुलनीय अवसर। यस ६-दिने योजनामा, हामी पत्ता लगाउने छौं कि येशूले हामीलाई प्रार्थनाको विषयमा के सिकाउनु भयो र निरन्तर र एकदम साहससँग प्रार्थना गर्नको लागि प्रेरित बन्नेछौं।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Caine - A21, Propel, CCM लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.propelwomen.org/