चमत्कारका ३० दिननमूना

अधिकारीको छोराको चंगाई
येशूले आफ्नो अधिकार र सामर्थ्यले मानिसहरूलाई निरन्तर अचम्मित पारिरहनुहुन्थ्यो। जब कफरनहूमका एक रोमी अधिकारीको छोरा बिरामी पर्यो, येशू फेरि गालीलको कानामा हुनुहुन्थ्यो। कफरनहूम कानाबाट करिब १८ माइल टाढा थियो, जुन लगभग एक दिनको पैदल यात्रा हो। त्यो मानिस येशूको सहयोगको लागि यति आतुर थियो कि उहाँलाई आफ्नो घरमा ल्याएर छोरालाई निको पार्न अनुरोध गर्न उसले यो लामो यात्रा गर्यो। येशूले उसलाई घर जान भन्नुभयो किनभने उसको छोरा बाँच्नेछ। अचम्मको कुरा यो हो कि यहूदी विश्वासको बाहिरको यस मानिसले येशूको वचनलाई पूर्ण रूपमा मानेर घर फर्कियो, र घर पुग्दा उसको छोरा पूर्ण रूपमा निको भइसकेको थियो। पछि उसलाई पत्ता लाग्यो कि ठीक त्यही क्षणमा, जब येशूले “तेरो छोरा बाँच्नेछ” भन्नुभयो, उसले चंगाई पाएको रहेछ। कस्तो सामर्थ्य! कस्तो समयको मेल! कस्तो सटीकता!
भजनकारले यस्तो शक्तिशाली परमेश्वरलाई चिनेका थिए, जसले आफ्ना वचन पठाएर मानिसहरूलाई निको पार्ने अद्वितीय गुण राख्नुहुन्छ (भजनसंग्रह १०७:२०)। यशैया अगमवक्ताले पनि परमेश्वरको वचनको सामर्थ्यको बारेमा भनेका छन्, जो वचन खेर जाँदैन, बरु परमेश्वरले निर्धारण गर्नुभएको उद्देश्य पूरा गरेरै फर्किन्छ (यशैया ५५:१०–११)। येशू , जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाले यो अद्भुत शक्ति एक जना अन्यजातिको परिवारलाई देखाउनुभयो। जब तिनीहरूले त्यो आश्चर्यकर्मद्वारा एक सानो बालकलाई जीवन फर्किएको देखे, तब तिनीहरू सबैले उहाँमा विश्वास गरे ! परिवारका अरू सदस्यहरूले उहाँलाई देखेनन्, तर पनि उहाँमा विश्वास गरे। कस्तो विश्वास!
सबै कुरा त्यहाँबाट सुरु भयो, जब त्यो अधिकारीले साहस गरेर विश्वास गरे कि येशू नामक यस मानिससँग रोगमाथि सर्वोच्च अधिकार छ, र उहाँको वचन मात्रले निको पार्न सक्छ! कुनै पनि आमाबाबुले जान्दछन् कि आफ्नो छोराछोरीको रोग निको गर्नको बारेमा कसैको भनाइमा विश्वास गर्नुअघि प्रमाण चाहिन्छ। तर यहाँ एउटा मानिस थियो, जसले एउटा सानो सहरका गुरुको वचनमा मात्र विश्वास गर्यो।
तपाईँ परमेश्वरको वचनमाथि कति विश्वास गर्नुहुन्छ? के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्वरको प्रत्येक लिखित वचन तपाईंका लागि जीवन दिने वचन हो?तपाईँको जीवनका कठिन समयमा, तपाईंको भर परमेश्वरको वचनमाथि हुन्छ वा मानिसका आश्वासनमाथि?
आजको वचनमा मनन गर्दा, परमेश्वरसँग प्रार्थना गर्नुहोस् कि उहाँले आफ्नो कैरोस (नियुक्त) समयलाई पर्खन सक्ने अनुग्रह र धैर्य तपाईंलाई दिनुभएको होस्। हामी परमेश्वरलाई आफ्नो तालिका अनुसार काम गर्न बाध्य पार्न वा फकाउन सक्दैनौँ। उहाँ सार्वभौम हुनुहुन्छ र हाम्रो भलाइको लागि सबै कुरा गर्दै हुनुहुन्छ। यसको अर्थउहाँले हाम्रो जीवनलाई बुन्दै गर्दा, उहाँ अरूको जीवनमा पनि कार्यरत हुनुहुन्छ, र भेट्ने तथा छुट्टिने क्षणहरूलाई उहाँले ध्यानमा राख्नु भएको छ। हामीलाइ अव्यवस्थित र हाम्रो समयसीमाबाहिर देखिने कुरा पनि उहाँले पूर्ण रूपमा योजनाबद्ध र कार्यान्वयन गर्नुभएको हुन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in









