उत्पत्ति 1
1
सृष्टिको कथा
1सुरुमा जब परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, 2पृथ्वी आकारबिनाको, उजाड र सुनसान थियो। पानीले सबै ठाउँ ढाकेको थियो र गहिरो अन्धकार थियो। अनि पानीमाथि परमेश्वरका आत्मा घुमिरहनुहुन्थ्यो। 3#२ कोरिन्थी 4:6तब परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” अनि उज्यालो भयो। 4त्यो देखेर परमेश्वर खुसी हुनुभयो। तब उहाँले उज्यालोलाई अँध्यारोबाट अलग पार्नुभयो 5र उज्यालोलाई ‘दिन’ र अँध्यारोलाई ‘रात’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– पहिलो दिन।
6-7 #
२ पत्रुस 3:5
तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्तर होस् र त्यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्यसै भयो। यसरी परमेश्वरले एउटा अन्तर बनाउनुभयो र त्यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो। 8त्यस अन्तरलाई उहाँले ‘आकाश’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– दोस्रो दिन।
9तब परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशमुनिको पानी एकै ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्!” अनि त्यस्तै भयो। 10उहाँले सुक्खा जमिनलाई ‘पृथ्वी’ र जम्मा भएको पानीलाई ‘समुद्र’ नाम दिनुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। 11तब उहाँले आज्ञा गर्नुभयो, “पृथ्वीले सबै प्रकारका रूखपात, अन्न र फल फलाउने बोटहरू उमारोस्।” अनि त्यस्तै भयो। 12यसरी पृथ्वीले हरेक प्रकारका रूखपात उमार्यो र यो देखेर परमेश्वर खुसी हुनुभयो। 13साँझ पर्यो र बिहान भयो– तेस्रो दिन।
14तब परमेश्वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्योतिहरू देखा परून्। 15पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्यस्तै भइहाल्यो। 16परमेश्वरले दिउँसो राज्य गर्न घाम र राती राज्य गर्न जून, दुईवटा ठूल्ठूला ज्योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो। 17उहाँले ती ज्योतिहरूलाई पृथ्वीमाथि चम्कन, 18दिन र रातमाथि राज्य गर्न र उज्यालो र अँध्यारोलाई छुट्ट्याउन आकाशमा राख्नुभयो। अनि त्यो देखेर परमेश्वर खुसी हुनुभयो। 19साँझ पर्यो र बिहान भयो– चौथो दिन।
20तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानी थरी-थरीका जन्तुहरूले भरियोस् अनि आकाश पंक्षीहरूले भरियोस्।” 21यसरी परमेश्वरले ठूल्ठूला जल-जन्तु, पानीमा बास गर्ने सबै थरीका जन्तुहरू र सबै प्रकारका चरा-चुरुङ्गीहरू सृष्टि गर्नुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। 22उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्नुभयो। 23साँझ पर्यो र बिहान भयो– पाँचौँ दिन।
24तब परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्पन्न गरोस्,” अनि त्यस्तै भइहाल्यो। 25यसरी परमेश्वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो।
26 #
१ कोरिन्थी 11:7
तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले माछा, चरा-चुरुङ्गी, ठूला-साना सबै घरपालुवा र जङ्गली पशुहरूमाथि अधिकार गरून्।” 27#उत्पत्ति 5:1,2#मत्ती 19:4; मर्कूस 10:6यसरी परमेश्वरले मानिसजातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। 28परमेश्वरले आशिष् दिँदै यसो भन्नुभयो, “तिम्रा धेरै छोरा-छोरीहरू होऊन् र तिम्रा सन्तानले सारा पृथ्वी भरून् र त्यसमाथि अधिकार गरून्। माछा, चरा-चुरुङ्गी र सबै जङ्गलका पशुहरू म तिम्रा हातमा दिँदै छु। 29मैले तिमीहरूलाई सबै प्रकारका अन्न र फलहरू खानलाई दिएको छु। 30तर सबै जङ्गली पशुहरू र चरा-चुरुङ्गीको लागि चाहिँ तिनीहरूलाई खानलाई घाँस-पातहरू दिएको छु।” अनि त्यस्तै भइहाल्यो। 31परमेश्वरले आफूले बनाएका सबै थोकलाई हेर्नुभयो र साह्रै खुसी हुनुभयो। साँझ पर्यो र बिहान भयो– छैटौँ दिन।
Đang chọn:
उत्पत्ति 1: सरल नेपाली
Tô màu
Chia sẻ
Sao chép
Bạn muốn lưu những tô màu trên tất cả các thiết bị của mình? Đăng ký hoặc đăng nhập
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.