YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

उत्‍पत्ति 1 的热门经文

1

उत्‍पत्ति 1:26-27

सरल नेपाली पवित्र बाइबल

तब परमेश्‍वरले भन्‍नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले माछा, चरा-चुरुङ्गी, ठूला-साना सबै घरपालुवा र जङ्‌गली पशुहरूमाथि अधिकार गरून्।” यसरी परमेश्‍वरले मानिसजातिलाई आफ्‍नै स्वरूपमा सृष्‍टि गर्नुभयो। तिनीहरूलाई नर र नारी गरी सृष्‍टि गर्नुभयो।

对照

探索 उत्‍पत्ति 1:26-27

2

उत्‍पत्ति 1:28

सरल नेपाली पवित्र बाइबल

परमेश्‍वरले आशिष् दिँदै यसो भन्‍नुभयो, “तिम्रा धेरै छोरा-छोरीहरू होऊन् र तिम्रा सन्‍तानले सारा पृथ्‍वी भरून् र त्‍यसमाथि अधिकार गरून्। माछा, चरा-चुरुङ्गी र सबै जङ्गलका पशुहरू म तिम्रा हातमा दिँदै छु।

对照

探索 उत्‍पत्ति 1:28

3

उत्‍पत्ति 1:1

सरल नेपाली पवित्र बाइबल

सुरुमा जब परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो

对照

探索 उत्‍पत्ति 1:1

4

उत्‍पत्ति 1:2

सरल नेपाली पवित्र बाइबल

पृथ्‍वी आकारबिनाको, उजाड र सुनसान थियो। पानीले सबै ठाउँ ढाकेको थियो र गहिरो अन्‍धकार थियो। अनि पानीमाथि परमेश्‍वरका आत्‍मा घुमिरहनुहुन्‍थ्‍यो।

对照

探索 उत्‍पत्ति 1:2

5

उत्‍पत्ति 1:3

सरल नेपाली पवित्र बाइबल

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “उज्‍यालो होस्,” अनि उज्‍यालो भयो।

对照

探索 उत्‍पत्ति 1:3

6

उत्‍पत्ति 1:31

सरल नेपाली पवित्र बाइबल

परमेश्‍वरले आफूले बनाएका सबै थोकलाई हेर्नुभयो र साह्रै खुसी हुनुभयो। साँझ पर्‍यो र बिहान भयो– छैटौँ दिन।

对照

探索 उत्‍पत्ति 1:31

7

उत्‍पत्ति 1:4

सरल नेपाली पवित्र बाइबल

त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो। तब उहाँले उज्‍यालोलाई अँध्‍यारोबाट अलग पार्नुभयो

对照

探索 उत्‍पत्ति 1:4

8

उत्‍पत्ति 1:29

सरल नेपाली पवित्र बाइबल

मैले तिमीहरूलाई सबै प्रकारका अन्‍न र फलहरू खानलाई दिएको छु।

对照

探索 उत्‍पत्ति 1:29

9

उत्‍पत्ति 1:5

सरल नेपाली पवित्र बाइबल

र उज्‍यालोलाई ‘दिन’ र अँध्‍यारोलाई ‘रात’ नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो– पहिलो दिन।

对照

探索 उत्‍पत्ति 1:5

10

उत्‍पत्ति 1:6-7

सरल नेपाली पवित्र बाइबल

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्‍तर होस् र त्‍यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्‍यसै भयो। यसरी परमेश्‍वरले एउटा अन्‍तर बनाउनुभयो र त्‍यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो।

对照

探索 उत्‍पत्ति 1:6-7

11

उत्‍पत्ति 1:30

सरल नेपाली पवित्र बाइबल

तर सबै जङ्गली पशुहरू र चरा-चुरुङ्गीको लागि चाहिँ तिनीहरूलाई खानलाई घाँस-पातहरू दिएको छु।” अनि त्‍यस्‍तै भइहाल्‍यो।

对照

探索 उत्‍पत्ति 1:30

12

उत्‍पत्ति 1:14

सरल नेपाली पवित्र बाइबल

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्‍योतिहरू देखा परून्।

对照

探索 उत्‍पत्ति 1:14

13

उत्‍पत्ति 1:11

सरल नेपाली पवित्र बाइबल

तब उहाँले आज्ञा गर्नुभयो, “पृथ्‍वीले सबै प्रकारका रूखपात, अन्‍न र फल फलाउने बोटहरू उमारोस्।” अनि त्‍यस्‍तै भयो।

对照

探索 उत्‍पत्ति 1:11

14

उत्‍पत्ति 1:6-7

सरल नेपाली पवित्र बाइबल

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्‍तर होस् र त्‍यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्‍यसै भयो। यसरी परमेश्‍वरले एउटा अन्‍तर बनाउनुभयो र त्‍यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो।

对照

探索 उत्‍पत्ति 1:6-7

15

उत्‍पत्ति 1:12

सरल नेपाली पवित्र बाइबल

यसरी पृथ्‍वीले हरेक प्रकारका रूखपात उमार्‍यो र यो देखेर परमेश्‍वर खुसी हुनुभयो।

对照

探索 उत्‍पत्ति 1:12

16

उत्‍पत्ति 1:16

सरल नेपाली पवित्र बाइबल

परमेश्‍वरले दिउँसो राज्‍य गर्न घाम र राती राज्‍य गर्न जून, दुईवटा ठूल्‍ठूला ज्‍योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो।

对照

探索 उत्‍पत्ति 1:16

17

उत्‍पत्ति 1:9-10

सरल नेपाली पवित्र बाइबल

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशमुनिको पानी एकै ठाउँमा जम्‍मा होस् र सुक्‍खा जमिन देखा परोस्!” अनि त्‍यस्‍तै भयो। उहाँले सुक्‍खा जमिनलाई ‘पृथ्‍वी’ र जम्‍मा भएको पानीलाई ‘समुद्र’ नाम दिनुभयो। त्‍यो देखेर परमेश्‍वर खुसी हुनुभयो।

对照

探索 उत्‍पत्ति 1:9-10

18

उत्‍पत्ति 1:22

सरल नेपाली पवित्र बाइबल

उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्‍नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्‍नुभयो।

对照

探索 उत्‍पत्ति 1:22

19

उत्‍पत्ति 1:24

सरल नेपाली पवित्र बाइबल

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्‍वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्‍पन्‍न गरोस्,” अनि त्‍यस्‍तै भइहाल्‍यो।

对照

探索 उत्‍पत्ति 1:24

20

उत्‍पत्ति 1:20

सरल नेपाली पवित्र बाइबल

तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी थरी-थरीका जन्‍तुहरूले भरियोस्‌ अनि आकाश पंक्षीहरूले भरियोस्‌।”

对照

探索 उत्‍पत्ति 1:20

21

उत्‍पत्ति 1:25

सरल नेपाली पवित्र बाइबल

यसरी परमेश्‍वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो।

对照

探索 उत्‍पत्ति 1:25

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频