फिलेमोन 1
1
1ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, 2हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस, र तिम्रो घरका मण्डलीलाई:#कल ४:१७
3तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट शान्ति!
धन्यवाद ज्ञापन र प्रार्थना
4मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, 5किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। 6म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। 7मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्।
ओनेसिमसको निम्ति पावलको बिन्ती
8तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्टमा मलाई साहस भए तापनि, 9प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्ट येशूको एक कैदी 10मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु।#कल ४:९ 11तिनी अगाडि तिम्रो निम्ति बेकम्मा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। 12म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। 13तिनलाई मसँगै राख्न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्तथिए, 14तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वइच्छाले गरिएको होस्।
15शायद तिमीबाट केही समयको निम्ति तिनी अलग्ग भएका थिए, ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकून्— 16अब उसो कमाराजस्तो होइन, तर कमाराभन्दा बढ़ी, प्रिय भाइजस्तै, विशेष गरी मेरो निम्ति, तर झन् बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्ति। 17यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। 18यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन् भने, सो मेरो हिसाबमा राखिदेऊ। 19म पावल, आफ्नै हातले यो लेख्तछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। 20प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्ने म चाहन्छु। ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। 21तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्दा झन् बढ़ी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु।
22साथै मेरो निम्ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु।
23येशू ख्रीष्टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्।#कल १:७; ४:१२ 24त्यसै गरी सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि।#प्रे १२:१२,२५; १३:१३; १५:३७-३९; १९:२९; २७:२; कल ४:१०,१४; २ तिमो ४:१०-११
25प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्।
Currently Selected:
फिलेमोन 1: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012