2 कोरिन्थी 9
9
1प्रभुका जनहरूका लागि यो आर्थिक सङ्कलनबारे मैले तिमीहरूलाई लेख्न खाँचो छैन। 2मलाई तिमीहरूको सह विश्वासीहरूलाई मदत गर्ने उत्सुकता थाहा छ, अनि बितेको वर्षदेखि तिमी अखैयामा हुनेहरूले दिन तयार थियौ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै नै काम गर्न तम्सेका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु। 3तर तिमीहरूबारे यस विषयमा हाम्रो गर्व खोक्रो नहोस्, तर तिमीहरू तयार रहनेछौ भनी मैले भनेझैं तिमीहरू तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु। 4किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा तिमीहरू तयार नरहेको भेट्टाए भने ता तिमीहरूको शर्मकोबारेमा केही भन्न नसकेर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी शर्ममा पर्नेछौं। 5यसकारण यी भाइहरूलाई तिमीहरूकहाँ अघिबाट नै पठाउने आग्रह गरेर तिमीहरूले प्रतिज्ञा गरेका उदारपूर्ण भेटीको प्रबन्ध गरिहाल भन्न मलाई आवश्यक लाग्यो। तब यो चित्त दुखाउँदै दिएको भेटीको रूपमा नभई उदारपूर्ण भेटीको रूपमा तयार होस्।
उदारतासाथ छर्नु
6यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, अनि प्रशस्ततासाथ छर्नेले प्रशस्तताको साथ कटनी गर्नेछ। 7प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, मन नगरी-नगरी अथवा करले होइन, किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। 8अनि परमेश्वरले तिमीहरूलाई प्रशस्त मात्रामा आशिष दिनुहुन्छ, ताकि सबै कुरामा, सबै समय, तिमीहरूलाई चाहिएका सबै थोक पाएर तिमीहरू प्रत्येक असल काममा प्रशस्त होओ। 9जसरी धर्मशास्त्रमा लेखिएको छ:
“उनले गरिबहरूका बीचमा आफ्ना भेटीहरू छरेका छन्,
उनको धार्मिकता सदा-सर्वदा रहिरहन्छ।”#9:9 भजन 112:9
10अब जसले बीउ छर्नेलाई बीउ र खानलाई रोटी दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बीउको भण्डार दिएर त्यसको वृद्धि गरिदिनुहुन्छ, अनि तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ। 11हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी हुनेछौ, अनि हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई धन्यवाद हुनेछ।
12तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउने कुरा हो। 13तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन्, किनभने तिमीहरू ख्रीष्टको सुसमाचारप्रति आज्ञाकारी भयौ र तिमीहरूले तिनीहरू र सबै अरूहरूप्रति तिमीहरूको उदारता देखायौ। 14अनि परमेश्वरले तिमीहरूलाई दिनुभएको अत्याधिक अनुग्रहको कारण तिनीहरूले गहिरो स्नेहको साथ तिमीहरूको लागि प्रार्थना गर्नेछन्। 15परमेश्वरलाई उहाँको वर्णन नै गर्न नसकिने दानको निम्ति धन्यवाद होस्!
Currently Selected:
2 कोरिन्थी 9: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.