YouVersion Logo
Search Icon

लूका 3

3
बप्‍तिस्मा दिने यूहन्‍नाको कार्य
1रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौं वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, अनि लुसानियास अबिलेने प्रदेशका शासक थिए, 2तब हन्‍नास र कैयाफा प्रधान पूजाहारी भएका समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो। 3तिनी पाप क्षमाको लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै, यर्दन नदीका वरपर सबै इलाकातर्फ गए। 4जसरी यशैया अगमवक्‍ताका वचनको पुस्तकमा लेखिएको छ:
“उजाडस्थानमा कराउने एकजनाको आवाज,
‘प्रभुको निम्ति मार्ग तयार पार,
उहाँको निम्ति बाटो सीधा बनाओ।
5सबै खाल्टाखुल्टीहरू पुरिनेछन्,
हरेक पहाड र डाँडा समथर बनाइनेछन्;
बाङ्गाटिङ्गा बाटाहरू सीधा बन्‍नेछन्,
अप्ठेरो बाटाहरू समतल हुनेछन्।
6अनि सबै मानव जातिले परमेश्‍वरको मुक्‍ति देख्नेछन्।’ ”#3:6 यशै 40:3-5
7यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? 8पश्‍चात्तापअनुसारको फल फलाओ, अनि आफै, ‘हामी अब्राहामका वंशज हौं’ भन्‍ने नठान, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ। 9रूखहरूका जरामा बन्चरो परिसकेको छ; अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”
10त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौं त?”
11यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुईओटा दौरा हुने मानिसले, नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
12कर उठाउनेहरू#3:12 जसले यहूदीहरूसँग चाहिनेभन्दा बढी रोमीहरूको लागि कर उठाउँथे, त्यसैले यहूदीहरूले उनीहरूलाई घृणा गर्थे र मानिसहरूले कर उठाउनेलाई पापीको रूपमा मान्थे। पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौं?”
13तिनले उनीहरूलाई भने, “तिमीलाई जत्ति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”
14त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीलेचाहिँ के गर्ने त?”
तिनले जवाफ दिए, “कसैलाई नलूट, अनि मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्‍ट रहो।”
15मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भनी विचार गरिरहेका थिए। 16तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म ता तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्‍तिशाली एकजना आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ। 17उहाँको खला सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।” 18अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।
19तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेको कारण, र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए, 20तब यूहन्‍नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।
येशूको बप्‍तिस्मा
21धेरै मानिसहरूको बप्‍तिस्मा हुँदा, येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दैगर्नुहुँदा स्वर्ग उघ्रियो। 22अनि पवित्र आत्मा एउटा ढुकुरजस्तै शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”
23अब येशू आफैले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करीब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका पुत्र हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए।
योसेफ हेलीका छोरा थिए, 24हेली मत्तातका छोरा,
मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा,
मल्की यन्‍नाईका छोरा, यन्‍नाई योसेफका छोरा,
25योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा,
आमोस नहूमका छोरा, नहूम इसलीका छोरा,
इसली नग्गैका छोरा, 26नग्गै माथका छोरा,
माहथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा,
सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,
27योदा योआननका छोरा, योआनन रेसाका छोरा,
रेसा जेरोबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा,
शालतिएल नेरीका छोरा, 28नेरी मल्कीका छोरा,
मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा,
कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा,
29एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा,
एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा,
मत्तात लेवीका छोरा, 30लेवी शिमियोनका छोरा,
शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा,
योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा,
31एल्याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा,
मिन्‍ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा,
नातान दाविदका छोरा, 32दाविद यिशैका छोरा,
यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा,
बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,
33नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा,
आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा,
फारेस यहूदाका छोरा, 34यहूदा याकोबका छोरा,
याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा,
अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,
35नाहोर सरूगका छोरा, सरूग रऊका छोरा,
र ऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा,
एबेर शेलहका छोरा, 36शेलह केनानका छोरा,
केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा,
शेम नूहका छोरा, नूह लेमेखका छोरा, 37लेमेख मतूशेलहका छोरा,
मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा,
येरेद महलालेलका छोरा,
महलालेल केनानका छोरा, 38केनान एनोशका छोरा,
एनोश शेतका छोरा, शेत आदमका छोरा,
अनि आदम परमेश्‍वरका छोरा#3:38 शारीरिक नभई सिर्जना गरिएको कारणले थिए।

Currently Selected:

लूका 3: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in