1
लूका 23:34
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यस बेला येशूले भन्नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे।
താരതമ്യം
लूका 23:34 പര്യവേക്ഷണം ചെയ്യുക
2
लूका 23:43
येशूले उनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, आज नै तिमी मसँग स्वर्गमा हुनेछौ।”
लूका 23:43 പര്യവേക്ഷണം ചെയ്യുക
3
लूका 23:42
त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू, तपाईं राजा भएर आउनुहुँदा मलाई पनि सम्झिनुहोस्!”
लूका 23:42 പര്യവേക്ഷണം ചെയ്യുക
4
लूका 23:46
अनि ठूलो सोरले येशू कराउनुभयो, “हे पिता, म मेरो आत्मालाई तपाईंकै हातमा सुम्पँदै छु।” यति भनेर उहाँले प्राण त्याग्नुभयो।
लूका 23:46 പര്യവേക്ഷണം ചെയ്യുക
5
लूका 23:33
तिनीहरू खप्परे भन्ने ठाउँमा आइपुगे। त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्ड्याए।
लूका 23:33 പര്യവേക്ഷണം ചെയ്യുക
6
लूका 23:44-45
मध्यदिन भएको थियो। त्यही समयदेखि तीन बजेसम्म देशभरि अँध्यारो भयो। घामले पनि उज्यालो दिएन। तीन बजेतिर मन्दिरभित्र टाँगिएको पर्दा दुई भाग भएर च्यातियो।
लूका 23:44-45 പര്യവേക്ഷണം ചെയ്യുക
7
लूका 23:47
यस्तो भएको देखेर रोमी सिपाहीहरूका कप्तानले परमेश्वरको प्रशंसा गर्दै भने, “साँच्चै यी मानिस धर्मी रहेछन्।”
लूका 23:47 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ