1
कलस्सी 2:6-7
नेपाली नयाँ संशोधित संस्करण
यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ। धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।
तुलना
अन्वेषण गर्नुहोस् कलस्सी 2:6-7
2
कलस्सी 2:8
ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
अन्वेषण गर्नुहोस् कलस्सी 2:8
3
कलस्सी 2:13-14
तिमीहरू आफ्ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो।
अन्वेषण गर्नुहोस् कलस्सी 2:13-14
4
कलस्सी 2:9-10
किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ, र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 2:9-10
5
कलस्सी 2:16-17
यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्। यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 2:16-17
होम
बाइबल
योजनाहरू
भिडियोहरू